डोटी – दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला गाउँ बस्ने ३३ वर्षीय तेज बिकको सोही ठाउँस्थित सेती नदीको पक्की पुल नजिक नुहाउने क्रममा नदीले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा नदीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले घटनास्थलबाट करिब २ सय मिटर टाढा बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि शैलेश्वरी अस्पताल पिपल्लामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।