बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाली सेनामा १८ जना वृक्षरोपण हेरालुको जागिर खुल्यो

शुक्रबार, पुष २२ २०७९

काठमाडौं । नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो ।

सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो ।

४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले ओदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ ।

पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।