बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेसको संरक्षणमा रहेका एसपीमाथि कारबाहीको ‘डण्डा’ !

बिहिबार, पुष २१ २०७९

काठमाडौँ – नेपाली कांग्रेसको सरकारबाट बहिर्गमन पश्चात कांग्रेस नेताहरुको संरक्षणमा रहेका भ्रष्ट प्रहरी अधिकृतमाथि प्रहरी प्रधान कार्यालयले कारवाहीको डण्डा चलाएको छ । तस्करीको लाइन खुलाएको आरोपमा पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको हो ।

कँडेलले पैसा उठाउन खटाएका घुमुवाको बयानका आधारमा एसपी कँडेलमाथि छानबिन सुरु भएको हो । सोधपुछका लागि उनलाई प्रहरीको छानबिन शाखाले काठमाडौं बोलाएको छ ।

यसअघि नै उनी अनेक काण्डमा परिसकेका छन् । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजनाथ गुप्तासँग मिलेर दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाएको घटनामा उनीमाथि यसअघि नै छानबिन भएपनि कारबाही रोकिएको थियो । कांग्रेस नेताहरुको संरक्षणमा कारबाही रोकिएको थियो ।