बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सहकारी संस्थाबाट नगद चोरी

बुधबार, पुष २० २०७९

नवलपरासी (पूर्व) – गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको छ ।

उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।