बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बस र भ्यान ठोकिँदा एकको मृत्यु

मंगलबार, बैशाख १२ २०७४

सप्तरी, १२ वैशाख ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा परी सीतापुरकै रवीन्द्र चौधरी घाइते भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।