बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मीरा राई सम्मानित

मंगलबार, बैशाख १२ २०७४

इटहरी, १२ वैशाख ।

किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । 

किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् (माओवादी केन्द्र) का नेता गोपाल किरातीले उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा राईलाई सम्मान गरेका हुन्  । 

नेता किरातीले अल्ट्रा धाविका राईलाई  ५० हजार नगद एवम् सम्मानपत्र प्रदान गदैं राईले सानै उमेरमा पु¥याएको योगदान नेपालका लागि उच्च मूल्यांकनयोग्य रहेको कुरामा जोड दिए ।  एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेकोमा गौरव गर्नु पर्दछ उनले भने  । 

नेसनल ज्योग्राफी एन्ड नेचर एडभेन्चर्स अफ द इयर–२०१६ की बिजेता भोजपुरकी मीरा राईलाई सम्मान गर्न पाउनु पनि गौरवको विषय भएको उल्लेख गर्दै नेता किरातीले मीरा राईप्रति हामी नेपालीले गौरव गर्नुपर्नेमा पनि जोड दिए । 

किरात मञ्च नेपालले किरात राई सुन्नीमा संघ, सुनसरी, किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति, सुनसरी र किरात राई सुन्नीमा प्रारम्भिक कार्य समिति, सुनसरीले उनलाई सम्मान गरेको हो ।