बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शेयर बजार सुधारोन्मुख, लाग्न थाल्यो उकालो

मंगलबार, पुष १२ २०७९

काठमाडौं । सरकार परिवर्तनसँगै शेयरबजारमा हरियाली छाउन थालेको छ । आज प्रि–ओपन सेसनमा मंगलबार नेप्से सूचक ४‍.७२ अंकले उकालोे लागेको छ ।

यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ३३ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर रहेको छ । सुरुवाती चरणमा नै सिद्धार्थ बैंक र हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भइरहेको छ ।

साथै, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, गरिमा विकास बैंक, रसुवागढी जलविद्युत् कम्पनी र अधिखोला लघुवित्त बित्तिया संस्थाको २ प्रतिशतले मूल्य वुद्धि भएको छ । 

यता, १३ उपसूचकहरूमध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ ।