बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महुली लघुवित्तले एफपिओ जारी गर्ने, बिक्री प्रर्वन्धकमा सनराईज क्यापिटल नियुक्त

बुधबार, पुष ६ २०७९

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्था लिमिटेडे एफपिओ जारी गर्ने भएको छ । संस्थाले चार लाख १६ हजार एक सय ४७ कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपिओ) जारी गर्नका लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी दिएको छ । 

उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर  गरिएको छ ।