काठमाडौ बैशाख १०
नेपाल धितोपत्र बोर्ड समक्ष कामना बिकास बैकले २४ करोड १३ लाख १३ हजार सात सय ६० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमती मागेको छ । बैकले पाँच बराबर दुई दसमलव एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २४ लाख १३ हजार एक सय ३७ दसमलव ६० कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमती माग गर्दे बैशाख पाँच गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैकको सेयर निष्काशन तथा बिक्रि प्रवन्धकको रुपमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी बोर्डले सिद्धार्थ इन्स्योरेन्स कम्पनीको आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले यही बैशाख सात गते उक्त कम्पनीलाई बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटल मार्फत हाल कायम रहेको चुक्ता पुंजीमा पाँच बराबर दुई दसमलव एकको अनुपातमा आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमती दिएको हो ।