बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएमबी बैंक र सिद्धार्थ विजनेश गु्रप बीच सम्झौता

बुधबार, बैशाख ६ २०७४

काठमाडौ बैशाख ६
एनएमबी बैंकका ग्राहकहरुले सिद्धार्थ विजनेश गु्रप अफ हस्पिट्यालिटी अन्र्तगतका विभिन्न आउटलेटहरुबाट १० प्रतिशत छुट पाउने भएका छन । बैंकका ग्राहकहरुले भिसा कार्ड प्रयोग गरी सो छुट प्राप्त गर्न सक्नेछन् । 
एनएमबि बैंक र सिद्धार्थ विजनेश ग्रुप बीच भएको  सम्झैतामा बैंकका प्रमुख ब्यापार अधिकृत सुदेश उपाध्याय तथा सिद्धार्थ विजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गर्नुभयो । एनएमबी बैंकका ग्राहकहरुलाई केही अतिरिक्त सुबिधा प्रदान गरेर ग्राहक अनुभव वृद्धि गर्नु नै यस सम्झैताको मुख्य उद्देश्य रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।  सिद्धार्थ विजनेश गु्रप अफ हस्पिट्यालिटी आतिथ्य उद्योगमा देशभर आफ्नो संजाल विस्तार भएको एक प्रमुख व्यापारिक समूह हो भने हाल एनएमबी बैंकले ७२ वटा भन्दा बढि शाखा कार्यालय, ५६  एटिएम, ७ एक्सटेंशन काउन्टर तथा शाखा रहित बैकिङ्ग सुविधा तथा सुलभ रेमिट सेवा संचालन गर्दै आएको छ ।