बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

च्याम्पियन लिगमा रोनाल्डोको सय गोल

बुधबार, बैशाख ६ २०७४

काठमाडौं, ६ वैशाख ।

विश्वकै फुटबल सुपरस्टार क्रिश्चियानो रोलाल्डोले फुटबलमा दुर्लभ इतिहास रचेका छन् ।

च्याम्पियन्स लिगमा सय गोल गर्दै रोनाल्डोले दुर्लभ कीर्तिमानी रचेका हुन् । गएराती जर्मन क्लब बायर्न म्युनिख विरुद्ध ह्याट्रिक गरेपछि रोनाल्डो च्याम्पियन्स लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

सय गोल गर्ने क्रममा रोनाल्डाले एक सय ३७ खेल खेलेर यो कीर्तिमा बनाएका हुन् । रोनाल्डोले सय गोल गर्ने क्रममा रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट यति खेल खेलेका हुन् ।

रोनाल्डोले ९७ गोल हुँदा गएराती विवादित दुई अफसाइडसहित ह्याट्रिक गर्दा यो कीर्तिमानमा आफ्नो नाम लेखाए । रोनाल्डोपछि मेसी छन् । मेसीले ९४ गोल गरेका छन् । तर, मेसीले एक सय १४ खेल खेल्दै यो रोनाल्डोलाई पछ्याइरहेका छन् । यति गोल गर्दा दुवैले पेनाल्टीमा ११/११ गोल गरेका छन् ।

मेसीपछि राउल गोन्जालेज छन् । राउलले रियल र साल्केबाट खेल्दै ७१ गोल गरेका छन् । उनले एक सय ४२ खेलमा ७१ गोल गरेका हुन् ।