काठमाडौँ – नेपाल राष्ट्र बैंकले भोलि सोमबार १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार मंसिर २० गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिद गर्न वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमश २०७९ पुस १९ गते, २०७९ फागुन २३ गते र २०८० जेठ २३ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेका छन् ।