बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अपहरित मुक्त अपहरणकारी पक्राउ

मंगलबार, बैशाख ५ २०७४

लहान, ५ वैशाख ।

करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई मंगलबार बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

गत २३ चैतमा अपहरित भारत विहारस्थित मझारीका २३ वर्षीय यादवलाई बेतहा गाउँमा राखेको गोप्य सूचनाका आधारमा सगरमाथा अञ्चल प्रहरी कार्यालय र लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेतहास्थित रमेश लामाको घरबाट सकुशल मुक्त गराएको डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए । 

साथै अपहरणमा संलग्न रहेको आरोपमा लामासहित सिरहाका जयराम यादव र सप्तरीको बिसनपुरका दीपनारायण यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज पठाइएको डिएसपी पाण्डेले बताए। 

डिएसपी पाण्डेका अनुसार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने र अपहरणमुक्त भारतीय नागरिकलाई परिवारको जिम्मा लगाइनेछ ।