बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेशसभामा तनहुँबाट एमालेका श्यामराजा विजयी

बुधबार, मंसिर ७ २०७९

काठमाडौँ – गण्डकी प्रदेशसभामा नेकपा एमालेले दोस्रो सिट जितेको छ । एमालेबाट तनहुँ निर्वाचन क्षेत्र २ को (१) मा उम्मेदवार बनेका श्यामराजा महत विजयी भएका छन् ।

महतले आफ्ना प्रतिस्पर्धी करिब २ हजारको मतान्तरले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् ।

महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए । यसअघि नेकपा एमालेबाट कास्की २ (१) मा भीमबहादुर कार्कीले चुनाव जितेका थिए ।