बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मतपत्रको सुरक्षा जिम्मा सेनालाई

आइतबार, बैशाख ३ २०७४

काठमाडौं, ३ वैशाख ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मतपत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने भएको छ । आइतबार राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपत्रको सुरक्षा जिम्मा सेनालाई दिइने जानकारी दिएका हुन् । 

निर्वाचनमा ६४ प्रकारका सामग्री आवश्यक पर्दछन् । ती मध्ये मतमत्र बाहेक अन्य ६३ प्रकारका सामानको सुरक्षा भने प्रहरीले गर्ने भएको छ । प्रमुख आयुक्त यादवले मतपत्रको छपाई सकेर पोको पार्ने काम सकिएपछि त्यसको ढुवानी र सुरक्षा सेनालाई जिम्मा दिइने बताए ।

अहिले ६२ जिल्लाको मतपत्र छपाई सकिएको जाकारी दिंदैं प्रमुख आयुक्त यादवले बाँकी १३ जिल्लाको पनि चाँडै सकिने बताए । चीनले १२ प्रकारका निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री दिएको छ । यी बाहेक आयोगले ३० हजार मतपेटिका आइसकेको रअरु आउने क्रममा रहेको बताएको छ ।