सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सप्तरी–२ (२) मा जनमत पार्टीका उम्मेदवार यादव विजयी

मंगलबार, मंसिर ६ २०७९

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् ।

उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले सात हजार २३ मत ल्याए ।

मतान्तर बढाउँदै सिके राउत

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मतगणनाअनुसार उनले १३ हजार सात सय ५९ मत प्राप्त गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाएका छन् ।

 हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ ।