सुरुङगा नगरपालिका–४ मधुपट्टी बस्ने ३९ वर्षीय श्रवण कुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा खाल्डोमा मोटर चलाउने क्रममा विद्युतको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।