काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा सुरुवातदेखि नै अग्रता बनाइरहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पछाडि परेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेवार अजय गुप्ताले पछि पारेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार अजय गुप्ताले ६९१८ मतका साथ अग्रता लिइरहेका छन् भने माधव नेपाल ६३३८ मतका साथ पच्छ्यारहेका छन् ।