काठमाडौं । नेकपा एमाले र नेकपा एसका दुई सचिव प्रतिस्पर्धा रहेकोे गुल्मी २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई फराकिलो अग्रता मिलेको छ ।
जारी मत गणनामा नेकपा एसकी सचिवसमेत रहेकी पूर्वमन्त्री रामकुमारी झाँक्री एमालेका विष्टसँग २ हजार भन्दा बढी मतान्तरले पछि परेकी छन् ।
इस्मा र मदाने गाउँपालिकाको मतगणना सम्पन्न हुँदा एमालेका विष्टले १० हजार १२४ मत ल्याएका छन् भने गठबन्धनकी साझा उम्मेदवार झाँक्रीले ८ हजार ८ मत ल्याएकी छन् ।
मत गणना सकिएका यी दुई गाउँपालिकामा गत स्थानीय चुनावमा गठबन्धनका उम्मेदवार विजयी बनेका थिए ।