सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं–४ बाट कांग्रेसका गगन थापा विजयी

मंगलबार, मंसिर ६ २०७९

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट विजयी बनेका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गर्दै जित निकालेका हुन् ।

प्राप्त अन्तिम विवरण अनुसार सत्ता गठबन्धनको समर्थनमा थापाले २१ हजार २९४ भोट ल्याउँदै विजयी बन्दा एमालेका भट्टराईको १३ हजार ८५३ मत आएको छ । 

निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । 

अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई हराउँदै थापा विजयी बनेका थिए।