बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विनोद चौधरीलाई घण्टीले उछिनो, तेस्रोमा त्रिपाठी

मंगलबार, मंसिर ६ २०७९

काठमाडौं । नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले उनलाई पछि पारेका हुन् ।

जारी मत गणनामा ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् ।

त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत ल्याएका छन् ।