काठमाडौं । झापा ४ मा सुरुवातदेखि अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल पछि परेका छन् ।
उनलाई एमालेका एलपी साँवा लिम्बुले पछि पार्दै अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका लिम्बुले ४ हजार २०४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका रास्वपाका ढकालले ४ हजार १७० मत पाएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत पाएका छन् ।