बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समानुपातिकतर्फ एमालेलाई अग्रता, कांग्रेस दोस्रो हुँदा तेस्रो राष्ट्रिय स्वतन्त्र पार्टी 

मंगलबार, मंसिर ६ २०७९

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ  । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।