बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

मंगलबार, कार्तिक २९ २०७९

काठमाडौं, “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले द हिमालयन ग्रिल बाई बाजेको का सम्पुर्ण सेवाहरुमा १५ प्रतिशत, कुन्दालिनी आर्युवेदाको सेवाहरुमा अधिकतम २० प्रतिशत,  तुस्बाकी व्युुटी सैलुन एण्ड इन्टरप्राईजेज प्रालिका सेवाहरुमा १० प्रतिशत, अपलेन्स एस्थेटिक प्रालिका सेवाहरुमा १० प्रतिशत र क्रिस्टल डाईगोनोस्टीकमा सेवाहरुमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।