बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से छ दसमलव ७५ अंकले घट्यो

बुधबार, चैत्र ३० २०७३

काठमाडौ चैत ३०
नेप्से आज छ दसमलव ७५ अंकले घटेर १७ सय तीन दसमलव सात अंकमा झरेको छ । सेन्सिटिभ पनि एक दसमलव ९४ अंकले घटेर तीन सय ६९ दसमलव एक अंकमा झरेको छ । एक सय ४५ कम्पनीहरुको ११ हजार नौ सय ७४ वटा कारोवारमा ३८ लाख ९६ हजार चार सय ३१ कित्ता सेयर खरिद बिक्री भएको छ भने कारोवार रकम दुई अर्ब सात करोड २२ लाख १३ हजार एक सय आठ रुपैयाँ पुगेको छ । 
आठ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहले कमाएकाछन भने तीन वटा समुहले गुुमाएकाछन । होटल समुहको सुचक २३ दसमलव ८६ अंकले बढेर २२ सय ११ दसमलव ५३ अंकमा चढेकोमा दुई करोड ३१ लाख ८० हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १९ दसमलव ३६ अंकले बढेर १९ सय ६५ दसमलव ९४ अंकमा चढेकोमा ४३ करोड २८ लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकमा पनि आज बढेको छ ।  बाँणिज्य बैक समुहको सुचक भने आज ११ दसमलव ८९ अंंकले घटेर १५ सय ९१ दसमलव ९४ अंकमा झरेकोमा ७४ करोड ४९ लाख ७५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक एक सय ४० दसमलव ८४ अंकले घटेर आठ हजार आठ सय ४२ दसमलव ५२ अंकमा झरेकोमा ६५ करोड २५ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
आज जलबिद्युत समुहको सुचक पनि घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    प्रोग्रेसिभ फाईनान्स    १८७                १०
२    ग्रिन डेभलपमेन्ट बैक    ७४८                १०
३    सिद्धार्थ लगानी बृद्धि योजना—१    २६        १०
४    किसान माईक्रो फाईनान्स        २७९४        १०
५    फष्र्ट माईक्रो फाईनान्स            ११००        १०
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    युनाईटेड इन्स्योरेन्स        १५८५                ५.६५
२    एनबी इन्स्योरेन्स         १८५५                ४.९३
३    न्यादी ग्रुप पावर लिमिटेड    ३२१                ४.४६
४    साना किसान बिकास बैक    १६६०                ४.३३
५    सिद्धार्थ इन्स्योरेन्स        १८५०                ४.०९