बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से ३३ अंकले बढ्यो

मंगलबार, चैत्र २९ २०७३

काठमाडौ चैत २९
नेप्से ३३ दसमलव ९८ अंकले बढेर १७ सय १० दसमलव २० अंकमा चढेको  छ ।  सेन्सिटिभ पनि सात दसमलव ४१ अंकले बढेर तीन सय ७१ दसमलव आठ अंकमा चढेको छ । एक सय ४४ कम्पनीहरुको ११ हजार तीन सय १६ वटा कारोवारमा ३१ लाख चार हजार ३६ कित्ता सेयर खरिद बिक्री भएको छ भने एक अर्ब ९० करोड ७४ लाख तीन हजार तीन सय ८९ रुपैययाँको सेयर किनबेच भएको छ । 
आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो देखिएको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक एक सय तीन दसमलव ३१ अंकले बढेर आठ हजार नौ सय ४६ दसमलव ७९ अंकमा कायम रहेकोमा ५४ करोड ४८ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक ३७ दसमलव ४२ अंकले बढेर १६ सय तीन दसमलव ६९ अंकमा कायम रहेकोमा ७१ करोड ९६ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक ५५ दसमलव नौ अंकले बढेर १९ सय ४५ दसमलव ७२ अंकमा कायम रहेकोमा ४७ करोड ५४ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
जलबिद्युत फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकमा पनि आज सुधार देखिएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    अपी पावर कम्पनी    ६१६                १०
२    लक्ष्मी लघुबित्त बित्तीय संस्था    १७८२            १०
३    आईएलएफसिओ माईक्रो फाईनान्स    ११७८        ९.९९
४    तिनाउ बिकास बैक            ५०७        ९.९८
५    शुर्या लाईफ इन्स्योरेन्स            १२८०        ९.९७ 
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य
 
१    खानीखोला हाईड्रो पावर कम्पनी    २२९            ३.७८
२    सेती फाईनान्स                २२५            ३.४३
३    प्र्रोग्रेसिभ फाईनान्स            १७०            ३.४०
४    बुटवल पावर कम्पनी            ६७७            ३.१४
५    सिन्धु बिकास बैक            ३७२            २.८७