बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धितोपत्र खरिद सम्वन्धी निर्देशिकामा २०७३ मा दोस्रो संसोधन

सोमबार, चैत्र २८ २०७३

काठमाडौ चैत २८
नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सार्वजनिक सम्वन्धी निर्देशिका २०७३ मा दोस्रो संसोधन गरेको छ। बोर्डले गत माघ एक गतदेखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागु गरेको भएपनि त्यसमा देखिएका प्राबिधिक कठिनाई हटाउन दोस्रो पटक संसोधन गरेको जानकारी दिएको छ । 
आस्वा प्रणाली अन्र्तगत हाल सम्म तीन वटा संगठित संस्थाहरुको सार्वजनिक निष्कासन भैसकेको छ । साथै यो प्रणाली लागू भएको छोटो अवधीमा नै कुल निष्कासन रकमको करीव साठी प्रतिशत रकम आस्वा प्रणाली मार्फत संकलन भई लगानीकर्ता तथा वैंक तथा वित्तीय संस्थाहरुको उत्साहजनक सहभागीता देखिएको र छिटो यो व्यवस्था अनिवार्य गर्न माग समेत भएको छ । 
यसै परिप्रेक्ष्यमा यो प्रणाली कार्यान्वयन भए पश्चात यसमा देखिएका समस्याहरुलाई निराकरण गरी यस प्रणालीलाई अझ सरलीकृत प्रभावकारी, मितव्ययी एवं सहज वनाउन धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी)  २०७३ मा संसोधन गरेको जानकारी बोर्डले दिएको छ । 
यस्तो छ संसोधित व्यवस्था 
१    आस्वा प्रणालीको क्षेत्र विस्तार गरीसरकारी स्वामित्व रहेको वाणिज्य वैंकलाई सहभागी     गराउने ।
२    यसवाट अव पचहत्तरै जिल्लावाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने ।
३    लगानीकर्ताले वेभसाइटवाटसहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्थागर्ने ।
४    निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा  ५    दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने ।
६    सम्वन्धित वैंक वा वित्तीय संस्थालेसमेत दरखास्तसाथ प्राप्त कागजात तथा विवरणको     आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि     कम गर्ने ।
७    लगानीकर्तावाट दरखास्तसाथ पेश गर्नु पर्ने सेवा शुल्क वढी भएको भन्ने गुनासो आएकोमा     उक्त शूल्क कम गर्ने (रु. दुई सय पचास सम्म लिन सक्ने व्यवस्था रहेकोमा सो कम गरी     वढीमा रु. एक सय कायम गरिएको) तथा निष्कासन तथा विक्री प्रवन्धकले प्राप्त गर्ने शुल्क     रु. दश मात्र गरिएको तथा वोर्डमा वुझाउनु पर्ने तीन प्रतिशत शुल्क हटाइएको ।
९    धितोपत्र खरिद दरखास्त फारमलाई सरलीकृत गरिएको ।