बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से २४ अंकले बढ्यो

सोमबार, चैत्र २८ २०७३

काठमाडौ चैत २८
नेप्से आज २४ दसमलव ६२ अंकले बढेर १६ सय ७६ दसमलव २२ अंकमा पुगेको छ । सेन्सिटिभ पनि पाँच दसमलव तीन अंकले बढेर तीन सय ६३ दसमलव ६७ अंकमा पुगेको छ । 
एक सय ४४ कम्पनीहरुको नौ हजार छ सय २१ वटा कारोवारमा २९ लाख ६९ हजार पाँच सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ भने कारोवार रकम एक अर्ब ६२ करोड २३ लाख ८९ हजार एक सय २७ रुपैयाँ पुगेको छ । आठ वटा समुहको कारोवार भएकोमा अन्य समुहको कारोवार घटेर बाँकी समुहको कारोवार बढेको छ । बीमा समुहको सुचक दुई सय एक दसमलव पाँच अंकले बढेर आठ हजार आठ सय ४३ दसमलव ४८ अंकमा पुगेकोमा ५० करोड ७० लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक १७ दसमलव ५५ अंकले बढेर १५ सय ६६ दसमलव २७ अंकमा पुगेकोमा ६० करोड २२ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक ५१ दसमलव ९२ अंकले बढेर १८ सय ८९ दसमलव ८२ अंकमा पुगेकोमा ३६ करोड ४८ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
आज होटल,, उत्पादनमुलक, फाईनान्स र जलबिद्युत समुहको कारोवार पनि बढेको छ । आज गुमाउने र कमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    एनबी इन्स्योरेन्स कम्पनी    १९००            १०
२    समिट माईक्रो फाईनान्स    २३२१            १०
३    एनएमबी माईक्रोफाईनान्स    २०७९            १०
४    रिलायवल माईक्रो फाईनान्स    १६२८            १०
५    कालिका माईक्रो क्रेडिट     २४७५            १०
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    माउन्ट मकालु डेभलपमेन्ट बैक        ५८९            ९.९३
२    सप्तकोशी डेभपलपमेन्ट बैक        २६५            ५.३५
३    राष्ट्रिय बीमा कम्पनी            १८०००            ४
४    रिलायन्स फाईनान्स            २१८            ३.५३
५    गुडविल फाईनान्स            २४१            २.४२