बर्दिया, गुलरिया नगरपालिका–४ स्थित सडकमा नेपालगंञ्जबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १११२ नम्बरको विङ्गर गाडीको ठक्करबाट पैदलयात्री सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ ठौरी घर भई हाल बर्दिया गुलरिया नगरपालिका–४ डेरा गरी बस्ने ४९ वर्षीया सुर्जाकला राजीको मंगलबर दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।