काठमाडौं, २८ चैत ।
वरियता विवाद तत्कालका लागि साम्य भए पनि अन्त्य भने भएको छैन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी अर्का उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले भाग लिएको मन्त्रिपरिषद बैठकमा भाग नलिने भएका छन् ।
सोमबार प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेका छन् । सो बैठकमा निधी नजाने निर्णय सुनाइसकेको श्रोतले बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासंगको परामर्शपछि गृहमन्त्री निधी तत्काल राजिनामा नदिने र वरियता विवाद पनि नचर्काउने निर्णयमा पुगेका हुन् ।
आज(सोमबार) को मन्त्रिपरिषद बैठकले आइजिपी नियुक्ति गर्न सक्ने सम्भावना रहेको बताइएको छ । वरियता विवादले किचलो नहुने भए पनि आइतबारको मन्त्रिपरिषद बैठक आइजिपी नियुक्ति प्रकरण टुंगोमा नपुगेकाले सारिएको बताइएको थियो ।