बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल लाइफको “स्मार्ट जीवन बीमा“ योजना सार्वजनिक

आइतबार, चैत्र २७ २०७३

काठमाडौ चैत २७
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले स्मार्ट जीवन बीमा योजना सार्वजनिक भएको छ । कम्पनीले आफ्ना मौलिक बिशेषता भएको बीमा योजनाहरु मार्फत आम मानिसको बिश्वास हासिल गर्न सफल भईरहेको परिप्रेक्ष्यमा “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको हो ।  
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको प्रमुख आतित्थ्यतामा पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ बीमा योजनाको औपचारिक शुभारम्भ गरिएको थियो । उक्त अवसरमा प्रमुख अतिथिले नयाँ बीमा योजनाको सफलताको कामना गर्नुभई यसले आम जनताको बचत परिचालनमा सघाऊ पुरयाउने बिश्वास व्यक्त गर्नुभयो । साथै उक्त अवसरमा सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा समेत गर्नुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट मन्तव्य व्यक्त गर्नुहुदै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले समाजका हरेक बर्गका मानिसहरुको चाहना बमोजिमका विभिन्न आकर्षक बीमा योजनाहरु तर्जूमा गरी आफ्ना ग्राहकहरुलाई सदा उच्चतम र गुणस्तरिय बीमा सेवा प्रदान गर्ने कम्पनीको मुलभूत उदेश्य रहेको सन्र्दभमा यस नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुनेमा बिश्वास व्यक्त गर्नुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत  बिवेक झाले स्मार्ट जीवन बीमा योजनाका मुलभूत बिशेषताहरुका बारे प्रकाश पार्नुहुदै यस बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक १० रुपैयाँमा १० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । साथै उहाँले बीमितलाई गुणस्तरिय सेवा पुर्याउनका लागि दावी भूक्तानी प्रकृया लगायत व्यवस्थापन प्रणालीलाई चुस्त बनाईएको फलस्वरुप कम्पनीले सफलताहरु हासिल गर्दै आईरहेको र यसै सिलसिलामा कम्पनीले हालै जारी गरेको थप साधारण शेयर निष्कासन (एफ.पि.ओ) पश्चात कम्पनीको साख र बित्तिय क्षमतामा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो ।