बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

४२ बर्षिय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

मंगलबार, कार्तिक ८ २०७९

लन्डन ।  बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । 
यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् ।  पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । ४२ वर्षका सुनक भारतीय मूलका हुन् ।

पार्टी नेतृतवा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिश एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका  थिए ।

बेलायत मूल्य वृद्धिको चपेटामा परिरहेको छ । 
-एजेन्सी