काठमाडौँ – २०७९ साउन १२ गते महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरेको थियो । काठमाण्डू प्लाजाको उत्तरदेखि जय नेपाल हलसम्म टुकुचा खोला किनार क्षेत्रमा स्वीकृत नक्सा विपरीत, मापदण्ड विपरीत वा नक्सा नै नबनाइ घर÷टहरा निर्माण गरेको देखिएको भन्दै ३५ दिन भित्र हटाउन घरधनीहरूलाई आह्वान गरेको थियो । तर ३५ दिन बितिसके पनि यसमा धेरै कानूनी र व्यवहारिक जटिलता, अन्य निकायसँगको समन्वय जरुरी देखिएको भन्दै टुकुचा नदी र वरपरको जग्गा खाली गर्न सकेको छैन । खोलाको नापी नक्शाकै अभाव सबभन्दा टड्कारो समस्या देखिएको छ ।
खोला नै गायब !
कुनै खोला बिलाउँछ ? या कुनै खोला नक्सामा नभेटिन सक्छ ? सुन्दा आश्चर्य लागे पनि सरकारी कागजमा यस्तै रहेको भेटिएको छ । करिब १० वर्ष अगाडि नै काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले नापी विभागलाई पत्र लेखेर शहर भित्रको टुकुचा खोला कहाँ हो यकिन गर्दिनुप¥यो भनेर सोधेको थियो । तर चित्तबुझ्दो जवाफ पाउन सकेको थिएन । नापीबाट जबाफमा सो क्षेत्रको जग्गा नाप्दा टुकुचा नदेखिएको हुँदा खोला यकिन गर्न नसकिएको भनेर जवाफी पत्र लेखेको थियो ।
अहिले टुकुचा खोला वरपरको जग्गामा सरकारी कलेजहरू, विदेशी नियोग र निजी व्यापारिक कम्प्लेक्सले ठाउँठाउँमा टुकुचाको अतिक्रमण गरेका छन् । टुकुचाको पुरै क्षेत्रको अभिलेखिकरण गर्न ड्रोनबाट भिडिओ खिचाएर शहरी विकास मन्त्रालयले रेकर्डमा राखेको थियो ।
१ सय ३८ वर्ष अगाडि नै
छोपिएको थियो टुकुचा
१ सय ३८ वर्ष अगाडि अर्थात वि. स. १९४२ मा नै इँटा, चुना र सुर्की लगाएर गुम्बज बनाएर टुकुचालाई छोपिएको बताइएको छ । पहिला श्री ३ वीर शमशेर जबराको स्वामित्वमा रहेको जग्गामा पर्ने टुकुचामा वि. स. १९४२ तिर जोगवीर स्थापित भन्ने इन्जिनियरले गुम्बज जस्तो बनाई छोपेको र त्यहाँ पुतली बगैँचा बनाएको इतिहास छ ।
सय वर्ष पुरानो संरचना मास्न पाइँदैन, पुरातात्विक वस्तु हुन्छ । त्यसैले यसलाई महानगरले भत्काउन सकेन । टुकुचामा गुम्बज बन्दा प्रदुषण कम भएको छ । दुर्गन्ध आएको छैन, कटानको पनि समस्या छैन । हाल जय नेपालदेखि कमलादीसम्म बसोवास गर्ने ६०–७० घरका बासिन्दाहरू सबैले श्री ३ वीर शमसेरका सन्तानसँग जग्गा खरिद गरेर बसेका हुन् ।
०३२ सालसम्म जग्गा खरिद गर्नेले वीर शमसेरको पुतली बगंैचाको जग्गा खरिद गरेर बसेका हुन । त्यसबेलासम्म लिखतमै पुतली बगैंचाको जग्गा भन्ने उल्लेख थियो । बालुवाटार, लाजिम्पाट, निलसरस्वती, गोमा पेट्रोल पम्पलगायतमा टुकुचामा ढल र घरका नाला जोडिएका छन । त्यही भएर टुकुचामा पानी बहाव बढेको बताइन्छ । साँघुबाट