काठमाडौ चैत २३
जनता बैकले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैकले चैत्र २३ गते आफ्नो स्थापनाको सातौ बर्ष पूरागरी आठौंवर्ष प्रवेशको अवसरतथात्रिवेणी विकास बैंक लिमिटडसँग हुनगइरहेको मर्जरको अवसर पारेर बैकले आफ्नो प्रधान कार्यालय नयाँबानेश्वर देखि पशुपतिनाथको मन्दिरसम्म प्रभातफेरी गरी पशुपतिनाथ देखिगुहेश्वरी मन्दिर सम्मको क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
उक्त अवसरमा जनता बैंक र त्रिवेणी विकास बैंकका कर्मचारी, शेयरधनी, सेवाग्राहि तथा शुभचिन्तकसमेतको उल्लेख्य सहभागिता रहेको थियो । सोही अवसर माजनता बैकको आफ्नो प्रधान कार्यालयनयाँबानेश्वरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।