काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ ।
एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीका अनुसार उनलाई रुघाखोकी र ज्वरो आएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि ओली झापा पुगेका छन् ।
रुघाखोकीको ज्वरो आएर ओली हिजो भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । अध्यक्ष ओली दमकस्थित निवासमै आराम गरिरहेका छन् ।