बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नयाँ वर्ष आईएमईका ग्राहकलाई हर्ष नै हर्ष

आइतबार, चैत्र २० २०७३

काठमाडौ चैत २० 
आईएमईले नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई–आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीहरुका लागि उपहारको व्यवस्था गरेको छ ।  यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार ( ५,०००) बराबरको शपिङ्ग  कुपन प्राप्त गर्नुहुनेछ भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्न कम्पनीले जनाएको छ । 
जापानबाट क्योदाई–आईएमई मार्फत पैसा पठाउने सवै सेवाग्राहीहरु सहभागी हुनसक्ने यो प्रवद्र्धनात्मक योजना यहीं अप्रिल १ देखि ३० सम्म कायम हुनेछ । योजना अवधिभरमा जापानबाट क्योदाई मार्फत आईएमई गर्नुहुने सेवाग्राहीहरु मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा दैनिक र साप्ताहिक विजेता घोषित गरिनेछ । दैनिक विजेताको हकमा उपहार प्रत्येक दिन साझ र साप्ताहिक विजेताका लागि सप्ताहन्तमा घोषणा गरिनेछ । यसको जानकारी विभिन्न संचारका माध्यम वा अफिसका आधिकारिक सामाजिक संजाल पेज मार्फत गराइनेछ । 
यस योजनाको विस्तृत जानकारीका लागि क्योदाई–आईएमई को आधिकारिक वेब साइट, सामाजिक संजाल पेज र काठमाडौं पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयको शोधपुछ शाखामा सम्पर्क गर्न सक्नुहुनेछ । यी दुवै कम्पनीसँग आवद्ध कर्मचारीहरु, एजेण्ट, सव–एजेण्ट, परिवारका सदस्यहरु वा निजका नातेदार यो प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन पाउनुहुनेछैन । 
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।