काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ ।
प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा थप ६ जना सदस्य थप भएका छन्।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।
उनले सोमबार डा.आरजु राणा देउवा, खिलानाथ दाहाल (ओखलढुंगा), आनन्दसन्तोषी राई (धनकुटा), तिलक रानाभाट (कास्की), तारा श्रेष्ठ (अर्घाखाँची) र किरणप्रसाद गजुरेल (नुवाकोट) मनोनयन गरेका हुन्।
