काठमाडौं, १९ चैत ।
६० औं सहकारी दिवसका अवसरमा शनिबार वाग्मती सर–सफाई गरी मनाइएको छ । वाग्मती सफाईको २०३ औं हप्तामा विभिन्न सहकारी संस्था, नेपाल प्रहरी, नेपाली सेनालगायत विभिन्न संघ, संस्थाहरूको उल्लेख्य सहभागिता थियो । कांग्रेस नेता चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो सरसफाई कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईंलगायतको सहभागिता थियो ।
शंखमुल पुल मुनीदेखि वानेश्वर आसपास क्षेत्रमा गरिएको सो सरसफाई कार्यक्रमको
काठमाडौं जिल्ला सहकारी संघले संयोजन गरेको हो । सरसफाई कार्यक्रममा सहकारी बैंक, काठमाडौं वचत तथा ऋण सहकारी संस्था, रोयल वचत तथा ऋण सहकारी सस्था, उज्यालो वचत तथा ऋण सहकारी संस्था तथा कुटुम्व वचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
सहकारी सस्थाहरू समाजकै अंग भएकाले यस्ता सामाजिक सरोकारका विषयहरूबाट टाढा रहन नसक्ने सहभागिहरूले बताए । कुटुम्व वचत तथा ऋण सहकारीले यसअघि पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदान कार्यक्रम, समुदायमा सहकारी शिक्षा कार्यक्रमजस्ता कार्यक्रम संञ्चालन गर्दै आएको एक सदस्यले बताए । सहकारी सानो भए पनि सामाजिक उत्तरदायित्व ठूलो सानो नहुने ती सदस्यले भने ।