काठमाडों । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध दोलखाबाट प्रतिनिधि सभाका लागि चुनावी मैदानमा खरो उत्रिएका एमालेका बालकृष्ण शिवाकोटी भारी देखिएका छन्।
दोलखालाई समृद्ध बनाउने उनका अनेक योजनासहित युवाकेन्द्रित कार्यक्रम प्रभावकारी देखिने भएको छ। उनले युवाका लागि रोजगारसहित गरिब परिवारका निम्ति राहतका काममा अग्रसरता देखाउने बचन दिएका छन्।
एमालेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराझैं उनले प्रण गर्दै भनेका छन्,‘समृद्ध दोलखा, सुखी दोलखाली मेरो अर्जुनदृष्टि सरहको लक्ष्य हो।’
जे ठान्छन् त्यहि गर्न सक्ने क्षमता राख्ने शिवाकोटीको प्रतिबद्धता र लहर देखेर गठबन्धनका उम्मेदवार त्रसित हुन थालेको बताइन्छ। उनी एक्लै समृद्ध दोलखाको सपना पूरा गर्नका लागि अन्यभन्दा भारी रहेको स्थानीय बताउँछन्।
राजधानीसँग नजिक भएर पनि दोलखाको विकासमा उनी चासो र भिजनका साथ चुनावी मैदानमा शिवाकोटी आफैं उत्रिएका हुन्। उनी भन्छन्,‘यहाँ गरेन भन्ने गुनासो छ। तर, कसरी गर्नुपर्छ र देखाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ मैदानमा उत्रिएको छु।’
दोलखाका विभिन्न स्थानीय तहमा चुनावमा आफूले गरेका प्रतिबद्धता अक्षरशः पालना नहुने कुनै पनि कारण नरहेको बताउने गरेका उनी भन्छन्,‘मैदानमा उत्रिन एमालेबाट आएको छु, विश्वासले मत खसाउनुहोस् दोलखालाई पर्यटकीय गन्तव्यमात्र होइन, सबैले चर्चा गर्न लायक विकासे सहरमा परिणत गर्नेछु।’
नीतिनिर्माणमा पनि सक्रिय भूमिका खेल्ने लक्ष्य राखेका शिवाकोटीले आर्थिक रुपमा विपन्न रहेका परिवारलाई रोजगारी र युवालाई सीपसहित उन्नतीको लयमा सक्रिय बनाउने पनि प्रतिबद्धता गरेका छन्।
उनी भन्छन्,‘हामीले दोलखा भन्दा नै सबैले आश्चर्यचकित हुुने गरी विकास गर्नुछ। राजनीति साधन हो, विकासको साध्य पूरा गर्ने अठोट लिएको छु।’
यसअघिको निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी बनेका थिए । माओवादीसँगको बाम तालमेलमा उनले ३०६४४ बढी मतले विजयी बनेका थिए । उनले ५५४५७ मत प्राप्त गरेका थिए। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत ल्याएर पराजित बनेका थिए। गुरुङ केपी शर्मा ओलीको सरकारमा सूचना तथा संचार मन्त्री समेत भएका थिए ।
प्रतिनिधि सभामा एमालेले जित्दा प्रदेश सभा १क मा भने वाम तालमेल अन्तर्गत माओवादीका विशाल खड्का २८३५० मत ल्याएर विजयी भएका थिए। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १२९५६ मत ल्याएका थिए।
त्यस्तै प्रदेशसभा १ख मा एमालेका पशुपति चौलागाईँ २३०५८ मतले विजयी भएका थिए। उनका निकट्तम प्रतिद्वन्द्वी केशव चौलागाईँले १०८८० मत ल्याएका थिए। शालिन नेताको छवी बनाएकाक एमाले नेता चौलागाईको कार्यकाल पूरा नहुँदै मृत्युु समेत भइसकेको छ ।
राजधानीको छिमेकी जिल्ला दोलखा बामशक्तिको केन्द्र मानिन्छ । यहाँबाट विजयी बनेका प्रतिनिधि सधैँ राष्टिय राजनीतिमा समेत चर्चित छन् । यसै क्षेत्रबाट जित हासिल गरेका एमाले नेता आनन्द पोखरेलले समेत जित हासिल गरेर मन्त्री बनेका थिए । यस पटक पनी एमालेका बालकृष्ण शिवाकोटी निक्कै बलिया उम्मेदवारमा गनिएकाे स्थानीयले बताउने गरेका छन् । उनीहरुले एमालेका बालकृष्णलाई भावी प्रतिनिधीका रुपमा निर्विकल्पकाे रुपमा चर्चा गर्न थालेका छन् ।