मुम्बई, १९ चैत ।
अफेयर, विहे र डिभोर्स बलिउडका सामान्य कुरा भए पनि एकपछि अर्को सनसनीपूर्ण समाचार आइरहन्छन् । अहिले बलिउडमा डिभोर्सका एकपछि अर्को समाचार आइरहेका छन् । यस्तौमा नयाँ थपिएका छन् नायक तथा निर्देशक दीपक तिजोरी ।
समाचार अनुसार दीपकले जब आफ्नी पत्नीलाई डिभोर्स दिने मनस्थिती बनाए तब उनलाई थाहा भयो जसलाई उनी ‘तलाक’ दिन चाहन्छन् ती उनकी पत्नी नै रहिनछिन् । यस्तो आश्चार्यजनक घटनावारे जानकारी दिदैं तिजोरीले भने ‘२० वर्षसम्म जसलाई मैले आफनी ठानेर संगै बसें साच्चै उनी मेरी पत्नी होइनरहेछिन् ।’
दीपकको एक दिन शिवानी तोमरसंग झगडा हुँदा शिवानीले दीपकलाई घरबाट निकालिन । घरबाट निकालिएपछि दीपकले आफ्नो वकिलसंग संपर्क राखे । यही क्रममा दीपकले थाहा पाए कि शिवानीले पहिलो पतिसंग डिभोर्स नगरी उनीसंग विवाह गरेकी रहिछन् । त्यसैले दीपक र शिवानीको विहे काननुनतः अमान्य थियो ।
शिवानीले पहिलो पतिसंग तलाक र घर खर्चको दावी गर्दै अदालतमा मुद्दा दिएकी थिइन्, जसको छिनोफनो नहुँदै उनले दीपकसंग विहे गरेकी रहिछन् ।