मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

डेंगु नियन्त्रण गर्न सरकार उनदासीन र असफल : वरिष्ठ उपाध्यक्ष पोखरेल

आइतबार, असोज ३० २०७९

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न सरकार असफल भएको बताएका छन् ।

शनिबार आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरे । 

आफूहरूको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परिक्षण केन्द्र स्थापना गरेको जानकारी दिए ।

 

पोखरेलले अबको निर्वाचन अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रूपमा बुझ्नुपर्ने पनि बताए ।

नेकपा (एमाले) सँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको उनको भनाइ थियो । 
निर्वाचनमा सूर्यचिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन वरिष्ठ उपाध्यक्ष पोखरेलले  मतदाताहरूलाई आह्वान गरे ।