बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मनसुन बाहिरिदै, पूर्वी भूभागमा भने आज पनि बदली

आइतबार, असोज ३० २०७९

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन/चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन ।

प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।