मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सन्दीपविरुद्ध जबर्जस्ती करणीको आराेप लगाउने महिलालाई माइती नेपालमा भीआइपी सेवा

शनिबार, असोज २९ २०७९

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा चर्चित खेलाडी सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा परेको भन्दै जाहेरी दिने महिला पात्रमाथि विभिन्न काेणबाट प्रश्नहरू उठिरहेका छन् । ती पीडित भनिएकी महिलाकाे  बारेमा उनका संदिग्ध गतिविधिका कारण विभिन्न आशंकाहरू व्यक्त गरिदैछ ।  ती  किशोरीले आफू जबर्जस्ती करणीबाट पीडित भएकाे आरोपमा २०७९ भदाै २१ गते  प्रहरीमा जाहेरी दिएकी थिइन् ।

२०७९ भदाै २१ गते राति १२ बजे घटना घटेकाे भन्दै पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध २०७९ भदाै २१ गते मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको थियाे । पीडित भनिएकी महिलाले क्रिकेटर लामिछाने भदौ ५ गते नगरकोट घुमाउन लागेको पनि जाहेरीमा उल्लेख गरेकी छिन् ।

क्रिकेटर लामिछाने र ती महिला नगरकोटबाट त्यही रात फर्किएर मध्यरातमा तिलगंगा क्षेत्रको एक होटलमा खुसीराजीले बसेका थिए । त्यही रातमा आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएकाे छ । लामिछाने २०७९ भदाै ६ गते  क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजतर्फ गएका थिए ।

मध्यरातमा तिलगंगा क्षेत्रको एक होटलमा २०७९ भदाै ५ गते रात बिताउँदा आफूमाथि जबर्जस्ती करणी भएकाे जाहेरी  उनले  १६ दिनपछि प्रहरीमा दिएकी थिइन् ।

तिलगंगा क्षेत्रबाट २००/३०० मिटरकाे दुरीमा रहेकाे नेपाल प्रहरीकाे गाैशाला प्रहरी वृत्तमा पीडित भनिएकी महिलाले किन जाहेरी नदिएर १६ दिनसम्म चुपचाप बसिन भन्ने प्रश्न पनि उठेकाे छ ।

क्रिकेटर लामिछानेबाट जबर्जस्ती करणीमा परेकाे जाहेरीपछि विवाद र अनेक प्रश्नकाे घेरामा रहेकी ती महिला अहिले विशेष सुरक्षा व्यवस्था र भीआइपी ट्रिटसहित माइती नेपालमा राखिएकाे खबर बाहिरिएकाे छ ।

स्राेत भन्छ, माइती नेपालमा विशेष सुरक्षाका साथै  भीआइपी काेठामा एक्लै  मात्रै विशेष खानपानकाे व्यवस्थाकाे सेवाका साथ राखिएकाे छ । यस बारेमा माइती नेपालका जिम्मेवार व्यक्तसँग सम्पर्क राख्दा ‘हाेइन, ‘राखिएकाे छैन’ भनिदैन । ‘खै हामीलाई केही थाहा छैन’ भन्ने जवाफ दिइन्छ ।

सुरक्षा स्राेत भन्छ, माइती नेपालकाे व्यवस्थापन पहिला निज महिलालाई  राख्न अस्वीकार गरेकाे थियाे । तर, सत्ता गठबन्धन सरकारकाे दवावमा माइती नेपाल राख्न बाध्य भयाे । अहिले विशेष सुरक्षा व्यवस्था र भीआइपी सेवा प्रदान गरेर त्यहाँ किन राखियाे भन्ने अर्काे प्रश्न खडा भएकाे छ । साँघुबाट