बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना, केही भू-भागमा आंशिक बदली 

शुक्रबार, असोज २८ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा  मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । 

देशको पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान प्रदेश १ लगाएत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । 

प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद्का अनुसार हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।