मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

 अमेरिकी नयाँ राजदूत नेपाल आइपुगे

शुक्रबार, असोज २८ २०७९

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् ।

यसअघिका राजदूत र्‍याण्डी बेरी चार वर्षे कार्यकाल पूरा गरेर गरी स्वदेश फर्किएपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।

राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए ।