मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदैछ

बिहिबार, असोज २७ २०७९

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएको हो।

गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।  

२१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।