शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

सोमबार, असोज २४ २०७९

काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । 

जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएका हुन् । उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएका थिए।

सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने अनुमान छ।