मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

रवि लामिछानेका प्रतिद्वन्द्वी को ?

सोमबार, असोज २४ २०७९

काठमाडौँ – आउँदो निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा तीन चर्चित नेताहरुबीच भीडन्त हुने भएको छ । यस क्षेत्रबाट आइतबार सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल पनि छन् ।

आगामी ४ मंसिरमा देशभर एकैपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । यस निर्वाचनमा यी ३ नेताहरुबीचको चुनावी भीडन्त हुँदैछ । उम्मेदवारी दर्तापछि नेता लामिछानेले सामाजिक सञ्जालमार्फ आफ्नो केही भनाई रहखेका छन् ।

उनले लेखेका छन् – ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर। मंसिर ४ का लागि चितवन( २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी।’