काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि एमाले अध्यक्ष ओलीले झापा ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउन ओली आफैं उपस्थित भएका छन्। ०७४ सालको निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए।