बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डको ठाउँमा को उठाउदैँ छ गठबन्धनले ?

आइतबार, असोज २३ २०७९

काठमाडौँ – चितवन क्षेत्र ३ बाट डा. भोजराज अधिकारी माओवादी केन्द्रबाट चुनावमा उठ्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा २ बाट उम्मेदवार बन्ने भएपछि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी उक्त निर्वाचन क्षेत्रबाट लड्ने भएका हुन् ।

यस विषयमा उनीसँग बुझ्दा पार्टीले तयारी गर्नुस् भने पनि आधिकारिक निर्णय नआएको बताएका छन् । चितवन ३ (ख) बाट भने ठाकुरप्रसाद ढकाल उठ्ने बताइएको छ । प्रचण्डले यसअघि सक्रिय राजनीति नगरेका तर सामाजिक छवि भएकाहरुलाई पार्टीले स्थान दिने बताएका थिए ।

सोही अनुसार डा. अधिकारीलाई उम्मेदवार दिएको हुन सक्छ । प्रदेश उम्मेदवार ढकाल भने यस अघि माडी नगरपालिकाका मेयर भइसकेका व्यक्ति हुन् ।